चालु खाता घाटा २ खर्ब ४७ अर्ब पुग्यो, शोधान्तर स्थिति साढे ७ अर्बले बचतमा

३१ जेष्ठ २०७८, सोमबार १९:२२

काठमाडौं । चालु खाता रु.२४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई रु.१३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई रु.१४ अर्ब ८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमापुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेको थियो ।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.७ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमाशोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*