नेपालको विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि, रोजगारीमा जाने घटे

३१ जेष्ठ २०७८, सोमबार १९:४६

काठमाडौं । १० महिनाको अवधिमा नेपालको विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.८०९ अर्ब ८९ करोड पुगेको छ । अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ रवैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या२.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*