जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

१ असार २०७८, मंगलवार १०:४६

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा जीवन विकास लघुवित्तले पनि आईपीओ निष्काशन गर्ने भएको छ ।

सर्वसाधारणहरुको साधारण शेयर (आईपीओ)प्रति क्रेज बढिरहेकोमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो ।

लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको हो । सो लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*