यूनियन लाइफ इन्स्योरेन्सको सिईओको कार्यकाल थपियो

१ असार २०७८, मंगलवार १२:२९

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप भएको छ। कम्पनीको संचालक समितिको सम्पन्न बैठकले कम्पनीको सिईओ कर्णलाई साउन एक गतेदेखि लागु हुने गरि थप कार्यकाल नियुक्त हुने निर्णय गरेको हो।

कम्पनीको सिईओ कर्णको कार्यकाल असारमसान्तसम्म रहेको हुँदा संचालक समितिको निर्णयले उनलाई थप कार्यकाल नियुक्त गर्ने निर्णय गरेको हो। बीमा समितिबाट भने अन्तिम निर्णय आउन बाँकि रहेको स्रोतले जनाएको छ। बीमा क्षेत्रमा सिईओ कर्णको लामो अनुभव रहेका छ।

One thought on “यूनियन लाइफ इन्स्योरेन्सको सिईओको कार्यकाल थपियो

  1. चक्रप्रसाद आचार्य उर्लाबारी मोरङ,सिओटी says:

    आदरणीय सिइओ सरको आगामि चार वर्षको कार्यकाल थप गरिएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*