१० करोड इकाइ एनआइसी एसिया सेलेक्ट–३० फन्डको बिक्रि असार १० गतेबाट

१ असार २०७८, मंगलवार १२:४२

काठमाडौं । एनआइसी एसिया क्यापिटलले फन्डको इकाई बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरर्को बिक्री खुला गर्ने भएको हो ।

जसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागिएको हो । जसमा इच्छुक लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिभित्र बिक्रि नभएको खण्डमा असार २४ गतेसम्म खुला रहने एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ।

जसमा इकाइधनीले न्यूनतम १ सर्य इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । कम्पनीको बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*