विजय लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्ताशेयर बिक्री गर्ने भएका छन्।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय गैंडाकोट नवलपरासीमा निवेदन दिन लघुवित्तले आग्रह गरेको छ।
लघुवित्तले यदि संस्थापकबाट आवेदन नपरेमा भने अन्य लगानीकर्तालाई बिक्री खुला गरिने सूचना मार्फत जानकारी दिएको छ ।