नेपाल हाइड्रो डेभलपर्स कम्पनीको विद्युत् बिक्री आम्दानी घटेसँगै नाफामा देखियो प्रभाव

१ असार २०७८, मंगलवार १३:००

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छयस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको नाफा ६५ दशमलव ०४ प्रतिशतले घटेर १ करोड १२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको नाफा ३ करोड २२ लाख १३ रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले नाफामा प्रभावित हुन पुगेको तथ्याङ्कले देखाएको छ।एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २ करोड ६६ लाख रुपैयाँले घटेर ६ करोड ३ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ८ करोड ६९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो । अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । अघिल्लो वर्ष अन्य स्रोतबाट १ लाख १३ हजार रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष ३ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस त्रैमाससम्ममा आईपुगदा कम्पनीको चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ९५ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५३ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*