सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा सूचिकृत

१ असार २०७८, मंगलवार १३:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सिटिजन्स बैंक इन्टरनेशनलको शेयर सूचिकृत भएको छ । नेप्सेले आज एक सूचजारी गर्दै यस्तो जानकारी दिएको हो ।

नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको एक करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*