प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते, शेयर संरचना परिर्वतन मुख्य एजेण्डा

१ असार २०७८, मंगलवार १४:१३

काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्सको स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ। यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसको बिषम परिस्थतीलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।

उक्त सभा होटल इच्छा सिमरामा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ। । कम्पनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लाने भएको छ । कम्पनीले हाल कायम १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँमा यो बोनस शेयर प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस शेयरपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुग्ने भएको छ । बोनस सेयर पश्चात् कम्पनीको हाल कायम हुने पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधाण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुराउने एजेण्डा समेत रहेको छ। त्यस्तै, कमपनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भएको छ।

सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गरिसकेको छ । जसका कारण वैशाख १८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*