नेप्से ३ अंकले घट्दा पनि १६ अर्ब माथीको कारोबार

१ असार २०७८, मंगलवार १५:२१

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से थोरै अंकले तल झरेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३०२२.११ विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा थोरै अंकले गिरावट हो ।

आज २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर किनबेच गर्दा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको समूहमा रहेका १३ उपसमूहमध्ये आज ५ समूह बाहेका सबै समूह राताम्य भएका छन् । सबैभन्दा सर्वाधिक अन्य समूहमा ९०.३६ अंकले उच्च कारोबार भएको छ । त्यसलगत्तै उत्पादन तथा प्रशोधन समूहमा ७२.९२ अंक, होटल तथा पर्यटन समूहमा ५८.२५अ अंक, लगानी समूहमा २.२९ अंक र म्युचुअल फण्ड समूहमा ०.०५ अंकले बढेर हरियाली कायम भएको छ ।

साथै आज अन्य ८ समूहमा भने गिरावट आई राताम्य भएका छन् । बैकिङ समूहमा ६.८ अंक, उत्पादन समूहमा ११.०६ अंक, विकास बैंक समूहमा २२२.८९ अंक, जलविद्युत् समूहमा ९०.७५ अंक, वित्त समूहमा ८६.५१ अंक, निर्जीवन बीमा समूहमा १.७६ अंक, लघुवित्त समूहमा ३९.१४ अंक र जीवन बीमा समूहमा १०.४८ अंकले गिरावट आई राताम्य भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*