नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । आज दिनभरिमा नेप्सेमा सूचीकृतमध्ये २ सय २६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर खरिदबिक्रि हँुदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै, दोस्रोमा एचआईडीसीएलको ५२ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
हिमालयन डिस्टिलरीको ४२ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३४ करोड ५५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३४ करोड १४ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३२ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ३० करोड ४४ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ४२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २८ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।