आज नेप्समा १५६ कम्पनीका लगानीकर्ताले गुमाए, तीन कम्पनीको मूल्य बढेर सर्किट

१ असार २०७८, मंगलवार १५:४९

काठमाडौं । साताको तेस्रो दिन १५६ वटा कम्पनीका शेयर धनीले गुमाएका छन् । नेप्सेका अनुसार सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य ७.६६ प्रतिशतले घटेको छ ।

त्यस्तै, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट कम्पनीको पनि शेयर मूल्य घटेको छ । नेपाल हाईड्रो, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंकको शेयर मूल्य सर्वाधिक १० कम्पनीको सूचिमा परेर घटेको छ । समृद्धि, नेपाल र सेन्टर फाइनान्स कम्पनीको शेयर मूल्य पनि आज घटेका छन् ।

यसैबीच, आज तीन कम्पनीको शेयर मूल्य बढ्दा पोजेटिभ सर्किट लागेको छ । नेपाल स्टकमा मंगलबार सिईबिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । ओरियन्टल होटल, हाइड्रो इलेक्ट्रीसिटी, एनटिसीसहित कूल ५२ कम्पनीको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*