नेपाल लाइफको बोनस शेयर शेयरधनीको डिम्याट खातामा किन आएन ?

१ असार २०७८, मंगलवार १७:३१

काठमाडौं । नेपाल लाइफको साधारणसभा सम्पन्न भएको चार महिना बितिसक्दा पनि शेयरधनीको डिम्याट खातामा बोनस शेयर आएको छैन । कम्पनीको गतवर्ष माघ २८ गते बसेको २० औँ वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगदसहित कूल ५१ प्रतिशत लाभांश अनुमोदन गरिसकेको छ । अन्य कम्पनीले वार्षिक साधारणसभाबाट अनुमोदन पश्चात् केहि दिनमै कम्पनीको नगद लाभांश शेयरधनीहरुको खातामा पठाउने गरेका छन् ।

कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको ४ महिना बितिसक्दा पनि बोनस सेयर खातामा नआउँदा लगानीकर्ताहरु अन्यौलमा परेका छन् ।बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ सर्वाधिक बोनस दर घोषणा गर्ने बीमा कम्पनीमा पर्दछ । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि कुल ५१ प्रतिशत लाभांश दिएको थियो । जसमा ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश रहेको छ ।

बोनस शेयर वितरण र सूचीकरणका लागि कम्पनी ऐन, २०६३ मा ४५ दिनभित्र र धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा ३० दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ । कम्पनी ऐन २०६३ मा लाभांश सम्बन्धी व्यवस्थामा निर्णय भएको ४५ दिनभित्र शेयरधनीहरुलाई वितरण गरिसक्नुपर्ने व्यवस्था छ । त्यस्तै, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ मा वार्षिक साधारण सभाले पारित गरेको ३० दिनभित्र धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

त्यस्तै, बोनस शेयर निष्काशन निर्देशिका, २०६७ बमोजिम भने वार्षिक साधारणसभाले निर्णय गरेको ३० दिनभित्र अनिवार्यरुपमा बोर्डमा दर्ता गराई धितोपत्र बजारमा सूचिकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ ।

नेपाल लाइफका कम्पनीका कम्पनी सचिव विनोद भुजेलले सूचिकरण प्रकिया केही ढिलो भएको कारण हालसम्म लगानीकर्ताको खातामा बोनस बापतको शेयर पठाउन नसकिएको बताएका छन् ।भुजेलले बीमा समितिबाट राय सुझाव आइसकेपछि बोनस बापत शेयर लिस्टिङका लागि कम्पनी रजिष्ट्रार, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज हुँदै पुनः कम्पनी रजिष्ट्रारसम्म आउँदा ढिलो हुने भन्दै उक्त प्रकिया सम्पन्न भएपश्चात् चाडै नै बोनस शेयर लिस्टिङ हुने जानकारी दिए।

सोही वार्षिक साधारणसभाले १०० रुपैयाँ अंकित शेयरलाई ५० रुपैयाँमा झारेर १ः२ को रेसियोमा खण्डीकरण गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको थियो । यो प्रक्रिया पनि नियामक निकाय बीमा समितिले स्वीकृति प्रदान नगर्दा रोकिन पुगेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*