सरकारले जेठ ३१ सम्म कोषमा सूचीकृत योगदानकर्ताको दुई महिनाको योग्दान रकम बेहोर्ने

१ असार २०७८, मंगलवार १८:४६

काठमाडौं । नेपाल सरकारले जेठ ३१ गतेसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुलेको दुई महिनाको योग्दान रकम बेहोर्ने भएको छ । बैशाखसम्ममा वा बैशाखदेखि योगदान थालेका सूचीकृत रोजगारदाता र कर्मचारीको दुई महिनाको योगदान सरकारले बेहोर्ने भएको कोषले जनाएको छ। बजेटमा समेत सम्बोधन भएको हुँदा जेठ र असार महिनाको योगदान बेहोर्ने घोषणा गरे अनुसार दुई महिनाको रकम सरकारले व्याहोर्ने भएको हो ।

जसका कारण सामाजिक सुरक्षा कोषमा आवद्ध संस्था वा राजगारदाताहरुले नेपाल सरकारबाट यो सुविधा प्राप्त गरेका हुन् । हाल देशैभरी रहेका १४ हजार ४३५ रोजगारदाता कम्पनीमा दुई लाख ४३ हजार ३२७ रहेकोमा जेठ महिना मात्र ५८१ कम्पनी थपिएर र ४२ हजार १४४ योगदानकर्ताहरु सामाजिक सुरक्षा कोषमा आवद्ध छन् ।

कोषका अनुसार हाल आठ वटा वाणिज्य बैक सूचीकृत भएका छन् भने तीन वटाले योगदान सुचारु गरिसकेका छन् । हाल कोषमा सूचीकृतमा रहेका तिन विकास बैंक मध्य कसैले योगदान गरेको छैन भने १० वटा फाइनान्स कम्पनीले योगदान सुचारु गरेका छन् । माइक्रोफानान्स कम्पनीहरुमा ३१ वटा सूचीकृत भएको भए पनि हालसम्म ११ वटा माईक्रोफाइनान्सले मात्र योगदान गरेको कोषले जनाएको छ। त्यस्तै, हाल सम्म सूचीकृतमा ३४ वटा बीमा कम्पनीहरु मध्ये आठ वटाले याोगदान थालेका छन् ।

२० प्रतिशत रोजगारदाता कम्पनी र ११ प्रतिशत श्रमिकले कोषमा आधारभुत पारिश्रमिम योगदान गर्नुपर्छ । उक्त योगदानमा २० प्रतिशत विवृत्तिभरण, ८ दशमलव ३३ प्रतिशत अवकाश योजनामा , एक प्रतिशत औषधी उपचार,स्वास्थ्य र मातृत्व सुरक्षा योजना, ० दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र बाँकी १ दशमलव ४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा छुट्याईएको हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*