ग्लोबल आइएमई लघुवित्तले ब्याजमा १० प्रतिशत छुट दिने

२ असार २०७८, बुधबार ११:१९

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट दिने घोषणा गरेको छ । संस्थाले हालको यस बिषम परिस्थितलाई मध्यनजर गर्दै संस्थाले आफ्ना ग्राहकलाई यही असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै संस्थाले यसे अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने निर्णय हाल संस्थाले आफ्ना ग्राहकको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा सञ्चालनमा ल्याएको छ । साथै संस्थाले कोभिडको महामारीमा ग्राहकलाई किस्ता बचत तिर्न सजिलो होस भन्ने अभिप्रायले ई–सेवासँग सहकार्य गरी किस्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*