अरुण भ्याली हाइड्रोपावरको असार ९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी

२ असार २०७८, बुधबार ११:३७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले असार ९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकिया मार्फत विक्री खुला गर्ने भएको छ ।

हाईड्रोपावरले गत वैशाख ६ देखि जेठ २ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको चार लाख ३५ हजार ८ सय ९४ कित्ता शेयर लिलामी प्रकिया मार्फत बिक्रि खुल्ला र्गा लागेको हो ।

ईच्छुक लगानीकर्ताले उक्त शेयर खरीदका लागि असार १६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न पाउनेछन् । यो शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपन हुन्छ । कम्पनकिो विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*