नेपाल बैंकले ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ नियुक्त गर्यो

२ असार २०७८, बुधबार ११:४५

काठमाडौं। नेपाल बैंकले ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको छ ।बैंकले निष्काशन गरिसकेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म विक्री गरेको थियो ।

बैंकको डिबेञ्चर रजिष्ट्रारमा नियुक्त पशचानत् अब बैंैकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैैंकिङ बाट हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*