स्ट्यान्डड चार्टर्ड बैंकद्धारा नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण

२ असार २०७८, बुधबार १२:२०

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य उपकरण साम्रागी वितरण गरेको जनाएको छ।

बैँकले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन कन्सन्टे«टर, १० हजार थान एन ९५ सर्जिकल मास्क र दुई हजार थान पन्जा हस्तान्तरण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेललाई बैँकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् । बैंकले यसअघि पहिलो चरणको कोरोना महामारीमा पनि सरकारलाई सहजिकरण तथा राहत स्वरुप पाँच करोड ७५ लाखरुपैयाँ बराबरको स्वास्थ्य साम्रागी हस्तान्तरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*