नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेका एनसीसी बैंकको संस्थापक शेयर आजदेखि लिलामी विक्री खुला

२ असार २०७८, बुधबार १२:३९

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेका नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । बैंकले नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको नौ लाख कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गर्ने भएको हो।

इच्छुक लगानीकर्ताले बैंकको उक्त शेयर असार १६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न पाउनेछन् । उक्त शेयरको न्यूनतम मूल्य १ सय ४० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । इच्छुक लगषनीकर्ताले बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। कम्पनीको विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*