धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब माथि, सूचीकृत कम्पनी २२० पुग्यो

२ असार २०७८, बुधबार १३:५७

काठमाडौं । नेपाल राष्ट्रले सार्वजनिक गरेका १० महिनाको वित्तीय विवरणका अनुसार बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड पुगेको छ । गत असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १ सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् ।

त्यस्तै, आर्थिक बर्ष २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८ दशमलव ४ प्रतिशत, लगानी कम्पनीको ७ दशमलव ८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३ दशमलव ९ प्रतिशत, होटेलको हिस्सा १ दशमलव ४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ० दशमलव ६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९ दशमलव ६ प्रतिशत रहेको छ ।

नेप्सेमा विकास ऋणपत्र ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको साधारण शेयर, ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस शेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र २ अर्ब ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १७ अर्ब ५४ करोड रुपैयाँ बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड रुपै्रयाँ बराबरको हकप्रद शेयर गरी कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*