नेप्से उच्च अंकले गिरावट, १५ अर्ब माथी शेयर कारोबार

२ असार २०७८, बुधबार १५:२२

काठमाडौं । आज नेप्से उच्च अंकले गिरावट आएको छ । पछिल्लो दुईतिन दिन अघिदेखि ३ हजार भन्दा माथि विन्दुमा रहेको नेप्से आज ३ हजार भन्दा तल पुगेको छ ।

साताको चौथौ दिन बुधबार नेप्से परिसूचक ५२ दशमलव ३९ अंकले घटेर २९६९.७२ विन्दुमा पुगको छ । आज २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर किनबेच गर्दा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको समूहमा रहेका १३ उपसमूहमध्ये आज लघुवित्त समुह बाहेकका सबै समूह राताम्यमा परिणत भएका छन् । लघुवित्त समूहमा आज १३९.७४ अंकले सर्वाधिक कारोबार भएको हो ।

त्यस्तै आज अन्य १२ समूहमा भने गिरावट आएको छ । बैंकिङ समूहमा ९.३३ अंक, व्यापार समूहमा १०३.०६ अंक, होटल तथा पर्यटन समूहमा २०२.१५ अंक, विकास बैंक समूहमा १९४.९५ अंक, जलविद्युत समूहमा १४९.४९ अंक, वित्त समूहमा १७२.६८ अंक, निर्जीवन बीमा समूह ४०३.१२ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०४.२२ अंक, अन्य समूहमा ७०.२५ अंक, जीवन बीमा समूहमा ४०५.८३ अंक, म्युचुअल फण्ड समूहमा ०.०३ अंक र लगानी समूहमा २.८८ अंकले गिरावट आई राताम्य भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*