पुनर्बीमा कम्पनी सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ असार २०७८, बुधबार १५:३५

काठमाडौं । आज दिनभरिमा २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिदबिक्रि हुँदा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको ६० करोड ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

अरुण भ्याली हाईड्रोपावरले ३४ करोड ४० लाख रुपैयाँ, अपी पावरले ३१ करोड ४६ लाख रुपैयाँ, रसुवागढी हाईड्रोपावरले २६ करोड ९० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले २५ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*