नेप्सेमा सरकारी विकास ऋणपत्र सूचीकृत

२ असार २०७८, बुधबार १६:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज नेपाल राष्ट्र बैंकको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज राष्ट्र बैंकले जारी गरेको ऋणपत्रसूचीकृत भएको हो ।२०८३ घ नामको पाँच वर्षे विकास ऋणपत्र धितोपत्र सुचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले जनाएको छ।

अर्धवार्षिक रुपमा ऋणपत्र खरीदकर्ताले ४ दशमलव ७९ प्रतिशतका दरले ब्याज पाउने छन् । नेपाल राष्ट्र बैंकले गत जेठ १३ गते उक्त ऋणपत्र निष्कासन गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*