सिन्धुपाल्चोकमा भिषण बाढीको कारण पत्ता लाग्यो, मेलम्ची खानेपानी आयोजनाको ड्याममाथि विशाल पहिरो

२ असार २०७८, बुधबार १६:५६

काठमाडौं । सिन्धुपाल्चो जिल्लाको हेलम्बु, मेलम्चीदेखि काभ्रेको दोलालघाटसम्म गएराति गएको बाढीका कारण पत्ता लागेको छ । इन्द्रावती नदिमा आएको ठूलो पहिरोको कारण सो नदि थुनिएर पहिरो गएको खुलेको छ । मेलम्चीको पानीको मुहानभन्दा माथि पहिरो गएकोले मेलम्ची खानेपानी आयोजनाको ड्याममा समेत क्षति पुगेको छ ।

एक्कासी ठूलो मात्रामा पानी जमेर विस्फोट हुँदा ठूलो धनजनको क्षति भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ् हवाई निरिक्षणको क्रममा खानेपानीको ड्याम भन्दा ५०० मिटरमाथि अम्बाथान भन्दा अझै माथि ठूलो पहिरो गएको देखिएको छ । स्वास्थ्य मन्त्री सचिवालयका अनुसार ठूलो पहिरो बगेर नदिको वहाव कैयौं घण्टासम्म रोकिएको जनाइएको छ । हेलिकोप्टरबाट ठूलो पहाड नदिमा खसेर बहाव अवरुद्ध भएको देखिएको छ ।


पहिरोले थुनिएको नदि एक्कासी खुल्दा तटिय क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान छ । बाढीका कारण हेलम्बु र चनौटे बजार र मेलम्चीमा ठूलो क्षति पुगेको छ । मेलम्ची र बाहुनपाटीसम्मको क्षेत्रमा लेदोका कारण डुबानमा परेका छन् । जमिनको तह नै १० मिटरसम्म पुरिएकाले सो क्षेत्रका खेतबारी समेत कैयौंवर्षसम्म मलजल गर्न मेहनत गर्नुपर्ने देखिएको छ ।

बाढीमा फसेकाहरुको आज विहानै नेपाली सेनाले यसरी उद्दार गरेको थियो । भिडियो ।

 

उता, मेलम्चीका केही स्थानीयबासीले भने खानेपानी आयोजनाको ठूलो ड्याम समेत एकै पटक खोलिदा ठूलो क्षति पुगेको हुनसक्ने आशंका गरेका छन् । मेलम्ची खानेपानी आयोजनाले असार १ गतेदेखि ४० दिनसम्म काठमाडौंमा पानी वितरण बन्द गरेर मर्मत गर्ने जनाएको थियो । उक्त तथ्यको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*