थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि
२ असार २०७८, बुधबार १७:३३

काठमाडौं नेपालमा आज थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
आज थप ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार ३ हजार ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।