एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलाम बिक्रिमा

३ असार २०७८, बिहीबार ०७:५३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर आजदेखि लिलाम विक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी खुला गर्ने भएको हो ।

जसमा असार ९ गतेसम्ममा इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य ६ सय २८ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*