१९ लाख ७७ हजार कित्ता आईपिओको आवेदन खुल्ला, जीवन विकास लघुवित्तको आईपिओ असार ११ गतेदेखि भर्न पाइने

३ असार २०७८, बिहीबार १०:४९

काठमाडौं । कोरोना महामारी केही घटेसँगै नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशन अनुमति दिएको छ । सोही क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेबाट आईपिओमा आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँको १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ७७ हजार ३०१ कित्ता शेयर बिक्रीका लागी आगामी असार ११ गतेबाट औपचारिक रुपमा सुरु गरिनेछ ।

कम्पनीले कूल जारी पुँजीको ३२.५ प्रतिशत साधारण सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँ छ । कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको सेयर जारी गरेपछि जारी पुँजिको लक्ष्य भेट्टाउने छ । हाल कम्पनीमा संस्थापक लगानीकर्ताहरुको ४१ करोड छ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजि छ ।

पूर्वको मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त कम्पनीको आईपिओमा आगामी १५ गतेसम्म आबदेन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले जारी गर्ने कुल १९ लाख ७७ हजार ३०० कित्ता सेयरमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणलाई वितरण गरिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ताका लागि आवेदन दिनु पर्ने छ । बढिमा एक हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*