समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

३ असार २०७८, बिहीबार १२:०८

काठमाडौं । समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुल्ला गरेको छ ।फाइनान्सले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो ।

न्यूनतम मूल्य रू. १०० तोकिएको उक्त शेयर खरीदका लागि असार १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न पाउनेछन् । फाइनान्सको बिक्रि प्रबन्धकमा बिओके क्यापिटल रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*