सुनको मूल्य घट्यो

३ असार २०७८, बिहीबार १२:१६

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको भाउ वुधवारको तुलनामा १ हजार १ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य २० ले घटेर १ हजार ३ सय ४० रुपैयाँ खरीदविक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*