नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

३ असार २०७८, बिहीबार १२:२५

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति कम्पनी र संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ । शेयर खरीदको लागि बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ताको लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले सूचना मार्फत जनाएको छ । लघुवित्तको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*