फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

३ असार २०७८, बिहीबार १२:४४

काठमाडौं । आजदेखि फरवार्ड माइक्रोफाइनान्सले संस्थापक समूहको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।

इच्छुक वा सम्बन्धीत लगानीकर्ताले खअसार १७ गतेसम्म बोलपत्र पेश गर्न पाउनेछज् । कम्पनीको संस्थापक शेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त शेयरको न्यूनतम मूल्य रु ८५० निधारण गरिएको छ । सो कारण लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*