सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

३ असार २०७८, बिहीबार १३:१२

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो शेयरधनीको बैंक खातामा आजदेखि नगद लाभांश पठाउन जम्मा गरिदिन थालेको छ।इन्स्योरेन्सको जेठ २८ गते सम्पन्न वार्षिक सभाबाट पारित ३ दशमलव ७८ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएका शेयरधनीको बैंक खातामा पठाउन लागेको हो ।

सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम जम्मा गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीधले नै व्यहोर्नु पर्ने पनि कम्पनीले बताएको छ ।

कम्पनीले आव २०७४/ ७५ मा पारित भएको बोनस शेयर शेयरको कर बापतको रकम सोही नगद लाभांशबाट कट्टा गरी बाँकी रकम मात्र भुक्तानी हुने पनि कम्पनीले बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*