व्यतित बीमालेखमा सूर्या लाइफको ब्याज छुट

३ असार २०७८, बिहीबार १३:२३

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले हाल बिषम परिस्थतीलाई मध्यनजर गर्दै व्यतित ब्याजमा छुट दिने निर्णय गरेको हो ।

कम्पनीले असार ३ गतेदेखि असार १५ गतेसम्म ब्याज छुट दिने भएको हो ।कम्पनीले तिर्नु पर्ने मितिले दुई वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, तिर्नु पर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

त्यस्तै, तिर्नु पर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*