नेपाल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

३ असार २०७८, बिहीबार १३:४०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले मृतकको परिवारलाई एक करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका सुदूरपश्चिम प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शैलेश श्रेष्ठ, धनगढीका शाखा प्रमुख धिरेन्द्र डाँगी,अभिकर्ता रक्षा महरा, धनगढी उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष सीताराम रानाले मृतक लम्सालकी श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।मृतक लम्सालको कोरोना सङ्क्रमणका कारण गत वैशाख १७ गते काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*