ज्योति लाइफको व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट

काठमाडौं । व्यतित बीमालेख नविकरण गर्दा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्व रकमममा श प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै बीमितहरुको लागि यस्तो छुटको व्यवस्था गरेको जनाएको छ।
कम्पनीले यस अवस्थालाई मध्यनजर गर्दै बीमालेखको २०७८ साल असार २५ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने सूचना मार्फत जानकारी दिएको छ।
साथै इन्स्योरेन्सले बीमा शुल्क भुक्तानी इसेवा, आइएमई पे, प्रभु पे, खल्ती, फोन पे र कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था रहेको समेत जनाएको छ।