सूर्या लाइफको संस्थापक शेयर सर्वसाधरणमा परिणत

३ असार २०७८, बिहीबार १४:१६

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीले संस्थापक र साधारण शेयर संरचना अनुपात ६०ः४० कायम गरेको छ ।

कम्पनीले २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेपछि संस्थापक र साधारण शेयर संरचना अनुपात ६०ः४० कायम भएको हो ।

कम्पनीको गत आर्थिक वर्षमा को साधारणसभाबाट संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।यसअघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रति शत शेयर रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*