यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कति ?

३ असार २०७८, बिहीबार १५:१८

काठमाडौं । नेपाल स्टक एक्चसेन्जमा साताको अन्तिम दिन नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुने सूचिमा पहिलो स्थानमा परेको छ । सो कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा बिहिवार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ भने निफ्राको २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टीलरीको २४ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीको २३ करोड, लुम्बिनी विकास बैंकको २२ करोड, अरुण भ्याली हाइड्रोपावरको २२ करोड, अपि पावर कम्पनीको २१ करोड र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहिवार सबैभन्दा कम कारोबार एभरेष्ट बैंक प्रेफरेन्स शेयरको भएको छ । सो शेयरको जम्मा १२ हजार ९२४ रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*