आतंककाबीच एक अंकले घट्यो नेप्से, १० अर्ब माथीको शेयर कारोबार

३ असार २०७८, बिहीबार १५:२४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको शेयरमूल्य शंकाको घेरामा राख्दै वक्तव्य निकालेपछि पूँजीबजारमा आतंक नै फैलिएको थियो । तर आज नेप्से झिनो अंकले मात्रै तल झरेपछि बोर्डको आतंक सकिएको विश्लेषण गरिएको छ । आज नेप्से परिसूचक १ दशमलव ३० अंकले घटेर २९६८.४२ विन्दुमा पुगेको छ ।

आज २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर किनबेच गर्दा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेको समूहमा रहेका १३ उपसमूहमध्ये आज ६ समुहमा हरियाली छाएको छ । सर्वाधिक कारोबार हुने समूहमा आज विकास बैंक समूह ९४.२५ अंकले उच्च बढेको हो । त्यसलगत्तै होटल तथा पर्यटन समूहमा ३६.६ अंक, वित्त समूहमा ३३.६६ अंक, निर्जीबन बीमा समूहमा ५२.९८ अंक, अन्य समूहमा २६.७२ अंक र जीवन बीमा समूहमा १५.०५ अंकले कारोबार बढेर आज हरियाली छाएको हो ।

त्यस्तै आज अन्य ७ समूह भने राताम्य भएका छन् । आज सर्वाधिक लघुवित्त समूहमा गिरावट आएको छ । सो समूहमा आज ६४.७२ अंकले गिरावट आएको हो । त्यसलगत्तै बैकिङ समूहमा १०.६ अंक, व्यापार समूहमा १४.६७ अंक, जलविद्युत समूहमा २.९५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११.८४ अंक, म्युचअल फण्ड समूहमा ०.०४ अंक र लगानी समूहमा ०.२१ अंकले गिरावट आई राताम्य भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*