नेप्से सामान्य अंकले घट्दा, कुन कम्पनीका लगानीकर्ताले कमाए र गुमाए ?

३ असार २०७८, बिहीबार १५:५५

काठमाडौं । नेप्सेमा सूचीकृत २२३ कम्पनीको आज २० करोड २६ कित्ता ५६ लाख ९९ कित्ता शेयर खरिद बिक्रि हुँदा झण्डै ११ अर्बको शेयर कारोबार भएको छ ।

बिहिबार खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५५ प्रतिशतले घटेको छ ।

खानीखोला हाइड्रोपावरको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ३०४ पुगेको छ भने सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता रू. ४८ ले घटेर अन्तिम मूल्य रू. ६८५ मा ओरालो लागेको छ ।

त्यस्तै नेपाल फाइनान्सको शेयर ५ दशमलव ६१ प्रतिशतले बढेको छ भने कर्णली डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव २३ प्रतिशतले बढेको छ ।दोस्रो बजारमा निरन्तर सकारात्म सपिर्कट लागेर कारोबार हुँदै आएको सिईडिबि कम्पनीको शेयर ६ दशमलव ५५ प्रतिशतले घटेको छ भने छ्याङ्दी हाईड्रोपावर कम्पनीको शेयर ३ दशमलव ५१ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*