मेगा बैंका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा बिशेष छुट पाउने

३ असार २०७८, बिहीबार १८:११

काठमाडौं । मेगा बैंका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कोरोना भाइरस संक्रमणको अवस्थालार्य मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुराउने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने भएका छन् ।

नगदबिहीन कारोबारलाई बढुवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको बैंकले जनाएको छ ।बैंकका ग्राहकले दराज डटकमको वेबसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*