नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता

३ असार २०७८, बिहीबार १८:२९

काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता भएको छ । जसका कारण कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ ।

सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदी र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

गत चैत ६ गते नेपाल र अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक) बीच रणनैतिक जलवायु कोष अन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कूल एक करोड ७९ लाख अमेरिकी डलर ऋण दिने सम्झौता भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*