४५ दिनभित्र सात अर्ब रुपैयाँ बैंकमा दाखिला गरी स्टेटमेन्ट बुझाउन हिमालयन रिलाई बीमा समितिको निर्देशन

३ असार २०७८, बिहीबार १९:००

काठमाडौं । सेटिङमा दर्ता हुन लागेको हिमालनय रि नामक पुनर्बीमा कम्पनीलाई सात अर्ब रुपैयाँ चुक्ता पुँजि बापतको रकम ४५ दिनदिनभित्र बैंकमा दाखिला गरी स्टेटमेन्ट सहित लाइसेन्सको लागि उपस्थित हुन आज बीमा समितिले निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हिमालयन रिलाई आजको मितिबाट ४५ दिनभित्रमा बीमा समितिले तोकेको सात अर्ब रुपैयाँ कम्पनीको खातामा जम्मा गरी स्टेटमेन्टसहित प्रस्तुत हुन निर्देशन दिएको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले बीमा समितिको निर्णय अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आएको कम्पनीलाई कानुन बमोजिम चुक्ता पुँजि बापतको रकम जम्मा गर्न निर्देशन दिइएको जानकारी दिए ।

बीमा समितिको निर्देशन बमोजिम कम्पनीले आफूले प्रतिबद्धता जनाउन लगाएका संस्थापक शेयरधनीहरुले कबूल गरेको चुक्ता पुँजि अनुसारको रकम दाखिला गर्न लगाई बैंक खातामा सात अर्ब जम्मा भएको प्रमाण बीमा समितिमा पेश गरेपछि बाँकी काम अघि बढ्नेछ । हिमालयन रिले बीमा समितिबाट लाइसेन्स पाइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*