मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा असार ६ गते

४ असार २०७८, शुक्रबार १२:५४

काठमाडौं । मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने भएको छ । साथै सभाले २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका जेठ २४ गते बन्द भइसकेको छ । जसमा जेठ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*