कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गत, एजेण्डाहरु यस्ता छन्

४ असार २०७८, शुक्रबार १३:००

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते आह्वान गरेको छ। कम्पनीको १३ औ बार्षिक साधारणसभा बिहान ७ : ३५ बजे बैंकको प्रधान कार्यालय आदर्शनगर बीरगञ्जमा हुने भएको छ ।

उक्त सभाले आर्थिक बर्ष (आ.व) २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ आव २०७७÷ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले कर्पोरेट डेभलपमेण्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*