मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

४ असार २०७८, शुक्रबार १४:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएकोमा यस बर्ष पनि सुझाव मागेको हो ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव माग गरेको हो।
मौद्रिक नीतिका लागि आवश्यक रायसुझाव विभागको आधिकारीक ई–मेलमा पठाउन राष्ट्र बैंकले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*