सातै प्रदेशमा ब्रोकर लाइसेन्स वितरण गर्ने धितोपत्र बोर्डको तयारी

४ असार २०७८, शुक्रबार २३:०२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशका सातै प्रदेशमा नयाँ ब्रोकरहरुलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा व्यक्तिगत लाभका लागि जस्तोसुकै निर्णय गर्न तयार भएका अर्थमन्त्री विष्णु पौडेलको दवावमा सातै वटा प्रदेशमा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने तयारी सुरु गरिएको छ ।

शेयर कारोबार राजधानी बाहिर पनि सहज र प्रभावकारी बनाउने भन्दै नयाँ ब्रोक लाइसेन्स दिन लागिएको हो । बैंकहरुलाई सहायक कम्पनी खडा गरी ब्रोक लाइसेन्स दिन कार्य रोकेका अर्थमन्त्री पौडेलले व्यक्तिलाई भने लाइसेन्स दिन लागेका हुन् ।

अर्थमन्त्रालयले नियमावली नै संशोधन गरेर राजधानी बाहिर ब्रोकर लाइसेन्स वितरण गर्न लागिएको हो । श्रोतका अनुसार नयाँ ब्रोकर कम्पनीहरु लिमिटेड हुनेछन् । ब्रोकरहरुको पुँजी पनि बढाएर न्युनतम पाँच करोड र अधिकतम २५ करोड रुपैयाँसम्म तोक्न सक्ने बोर्डले जनाएको छ ।

One thought on “सातै प्रदेशमा ब्रोकर लाइसेन्स वितरण गर्ने धितोपत्र बोर्डको तयारी

  1. Tula Ram Gurung says:

    अब रू.एक अरब भन्दा कमकाे ipo काे अर्थ छैन। १०/२० कित्ता पनि नपर्ने कम्पनीकाे पनि अर्थ देखिदैन। अब घटिमा २०/२५ लाखले आवेदन दिनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*