स्मार्ट टेलिकमले बाढीपहिरो पिडित स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराउने

काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै स्मार्ट प्रयोगकर्तालाई १ सय रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराउने भएको छ।
उपलब्ध गराइएको ब्यालेन्स ग्राहकलाई यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने विश्वास स्मार्ट टेलिकमले लिएको छ।यस सुविधा मार्फत् स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डेटा चलाउने सुविधा प्रदान गरिएको छ भने कम्पनीका अनुसार यो ब्यालेन्स ७सात दिनसम्म मान्य हुने जनाएको छ ।
साथै यस बिषयमा थप जानकारीका लागि स्मार्ट टेलिकमका ग्राहकले १४२४२ अथवा ९६११००४२४२ मा सम्पर्क गर्नसक्ने जनाइएको छ । साथै अन्य थप जानकारीको लागि कम्पनीको आधिकारिक वेवसाईटमा समेत भिजित गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।