मेगा बैंकका ग्राहकले फोनबाट सहजै दुई लाख रुपैयाँसम्म कर्जा पाउने

काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।बैंकले ल्याएको यस सुविधामार्फत बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि अधिकतम दुई लाख रुपैयाँ उपभोग गर्न पाउनेछन् ।
बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ मार्फत लिन पाउने विश्वास बैंकले लिएको छ।
कर्जाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ।