राष्ट्रिय वाणिज्य बैंकद्धारा ब्याज रकममा १० प्रतिशत छुट

५ असार २०७८, शनिबार १७:२३

काठामडौं । राष्ट्रिय वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ।बैंकले कोरोनाबाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ ११ मा परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुलाई ब्याज रकममा छुट दिने निर्णय गरेको थियो ।

हाल कोभिड—१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*