सांग्रिला डेभलपमेण्ट बैंकले आजदेखि ऋणपत्र बिक्रि गर्दै,कहिलेसम्म दिन पाईन्छ आवेदन ?

६ असार २०७८, आईतवार ००:०५

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्री गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्ने भएको हो ।

बैंकले १० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको ऋणपत्र बिक्रि गर्न लागेको छ। ऋणपत्र खरीदका लागि छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । बैैंकको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी डबल वि प्लस रेटिङ प्रदान गरेको छ । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*